ब्याडमिन्टनको एकलतर्फ प्रिन्स र रशिलालाई स्वर्ण

पाेखरा | कात्तिक २, २०७९

ब्याडमिन्टनको एकलतर्फ प्रिन्स र रशिलालाई स्वर्ण

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् । 

 

पोखरा रंगशालाको बुधबार पुरुष एकलमा पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा आर्मीकी रशिलाले स्वर्ण पदक जितेका हुन् ।

 

प्रिन्सले फाइनलमा पुलिसकै बिष्णु कटवाललाई २१–१२ र २१–९ ले पराजित गरे गरिन् । त्यस्तै, लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते । महिलातर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई हराएर स्वर्ण जितेकी हुन् । आर्मीकी अमिता गिरि र प्रदेश १ की नङ्सलदेवी तामाङले कास्य पदक हात पारेकी छिन् ।

 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनका ४ इभेन्टका सेमिफाइनल खेल पूरा भएका छन् । महिला एकल, पुरुष एकल, मिक्स्ड डबल, महिला डबल र पुरुष डबल विधाका फाइनल खेल पूरा भएको थियो ।  

 

बुधबार भएको पहिलो खेलमा महिला एकलमा प्रदेश १ की नंशाल तामाङलाई हराउँदै आर्मीकी रशिला महर्जन फाइनल पुगेकी थिइन् । महिला एकलको अर्को सेमिफाइनलमा आर्मीकै अमिता गिरीलाई हराउँदै आर्मीकी अनु माया राई फाइनल प्रवेश गरेकी थिइन् फाइनलमा त्रिभुवन आर्मीका रशिला र अनुबीच खेल भएको थियो । 

 

पुरुष एकलमा लुम्बिनीका इरफान अन्सारीलाई हराउँदै विष्णु कटवाल र आर्मीका प्रफुल्ल महर्जनलाई हराउँदै पुलिस क्लबका प्रिन्स दाहाल फाइनल थिए । 

 

मिक्स्ड डबलमा गण्डकीलाई हराउँदै पुलिसका जीवन आचार्य र नीता लम्साल फाइनल पुगे भने आर्मीकै सुरज महर्जन र अमिता गिरीलाई हराउँदै आर्मीका प्रफुल्ल महर्जन र रशिला महर्जन फाइनल गएका थिए ।  
महिला डबलमा प्रदेश १ लाई हराउँदै आर्मीका अभिमता गिरी र रशिला महर्जन र दोस्रो सेमिफाइनलमा एपीएफ हराउँदै आर्मीका प्राथना देउवा र अनु माया राई फाइनल भिडेका थिए । 

 

पुरुष डबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच फाइनल हुने पक्का भएको छ । आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनले फाइनलमा पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइसँग खेल्नेछन् । आर्मीले पुलिस र पुलिसले गण्डकीलाई हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् । 
 

रामेछाप:   उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ । मन्थलीस्थित उज्यालो नेपाल पार्टीको पहिलो जिल्ला भेला एवं  का...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

थप पढ्नुहोस्

काठमाडौं:   प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् ।  सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्द...

थप पढ्नुहोस्