ब्याडमिन्टनको एकलतर्फ प्रिन्स र रशिलालाई स्वर्ण

पाेखरा | कात्तिक २, २०७९

ब्याडमिन्टनको एकलतर्फ प्रिन्स र रशिलालाई स्वर्ण

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टनको एकलतर्फ प्रिन्स दाहाल र रशिला महर्जनले स्वर्ण पदक जितेका छन् । 

 

पोखरा रंगशालाको बुधबार पुरुष एकलमा पुलिस क्लबका प्रिन्स दाहाल र महिलामा आर्मीकी रशिलाले स्वर्ण पदक जितेका हुन् ।

 

प्रिन्सले फाइनलमा पुलिसकै बिष्णु कटवाललाई २१–१२ र २१–९ ले पराजित गरे गरिन् । त्यस्तै, लुम्बिनीका इरफान अन्सारी र आर्मीका प्रफुल महर्जनले कास्य पदक जिते । महिलातर्फ रशिलाले आर्मीकै अनुमाया राईलाई हराएर स्वर्ण जितेकी हुन् । आर्मीकी अमिता गिरि र प्रदेश १ की नङ्सलदेवी तामाङले कास्य पदक हात पारेकी छिन् ।

 

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनका ४ इभेन्टका सेमिफाइनल खेल पूरा भएका छन् । महिला एकल, पुरुष एकल, मिक्स्ड डबल, महिला डबल र पुरुष डबल विधाका फाइनल खेल पूरा भएको थियो ।  

 

बुधबार भएको पहिलो खेलमा महिला एकलमा प्रदेश १ की नंशाल तामाङलाई हराउँदै आर्मीकी रशिला महर्जन फाइनल पुगेकी थिइन् । महिला एकलको अर्को सेमिफाइनलमा आर्मीकै अमिता गिरीलाई हराउँदै आर्मीकी अनु माया राई फाइनल प्रवेश गरेकी थिइन् फाइनलमा त्रिभुवन आर्मीका रशिला र अनुबीच खेल भएको थियो । 

 

पुरुष एकलमा लुम्बिनीका इरफान अन्सारीलाई हराउँदै विष्णु कटवाल र आर्मीका प्रफुल्ल महर्जनलाई हराउँदै पुलिस क्लबका प्रिन्स दाहाल फाइनल थिए । 

 

मिक्स्ड डबलमा गण्डकीलाई हराउँदै पुलिसका जीवन आचार्य र नीता लम्साल फाइनल पुगे भने आर्मीकै सुरज महर्जन र अमिता गिरीलाई हराउँदै आर्मीका प्रफुल्ल महर्जन र रशिला महर्जन फाइनल गएका थिए ।  
महिला डबलमा प्रदेश १ लाई हराउँदै आर्मीका अभिमता गिरी र रशिला महर्जन र दोस्रो सेमिफाइनलमा एपीएफ हराउँदै आर्मीका प्राथना देउवा र अनु माया राई फाइनल भिडेका थिए । 

 

पुरुष डबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच फाइनल हुने पक्का भएको छ । आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनले फाइनलमा पुलिसका प्रिन्स दाहाल र सुदीप सेढाइसँग खेल्नेछन् । आर्मीले पुलिस र पुलिसले गण्डकीलाई हराउँदै फाइनलमा एकअर्कासँगको भेट पक्का गरेका हुन् । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्